March 4, 2024
Comp-1-1

भारतिय रुपैया सहित १ जना पक्राउ

भारतिय रुपैया सहित १ जना पक्राउ
Comp-1-1

मोरङ, फागुन१४ गते । भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी १० का ३४ बर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतिय रुपैया सहित प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका बिराटनगर–१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउदै गरेका संजय सिंह लाई पक्राउ गरेको हो ।
उनको साथबाट भारतिय रुपैया ५०० दरको नोट ३८८ थान, २००० दरको नोट २६ थान गरि जम्मा भारतिय रुपैया २ लाख ४६ हजार सहित नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । श्रोत नखुलेको उक्त परिणामको रकम सहित पक्राउ परेका सिंहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको तथा अन्य अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content