February 21, 2024
Comp-1-1

अनेरास्ववियू ओखलढुंगाको एकता प्रकृया सम्पन्न

अनेरास्ववियू ओखलढुंगाको एकता प्रकृया सम्पन्न
Comp-1-1

५ माघ ओखलढंगा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, ओखलढुंगा जिल्ला कमिटी पुर्नगठन गरि एकता प्रकृया सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहका विद्यार्थीहरुले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै पुर्नगठित एकता प्रकृया सम्पन्न भएको जनाएका हुन् ।

अनेरास्ववियूले सम्पूर्ण विद्यार्थीहरुलाई कुनै प्रकारको टुटफुट तथा विभाजनकारी तत्वसँग साठगाँठ नगरि सिङ्गो अनेरास्ववियु मूल नेतृत्वमा लामवद्ध भई विद्यार्थी आन्दोलन, राष्ट्रियता, संविधान र जनजिविकाको पक्षमा दृढता पूर्वक लाग्न विज्ञप्तीद्वारा अपिल गरेको छ ।

प्रचण्ड–माधव समुहले देशव्यापी रुपमा केपी ओली विरुद्ध बृहत जनप्रर्दशन गरिरहेको छ । जनप्रर्दशनकाबीच जिल्लाहरुमा जनवर्गीय संगठनहरुले एकताको पुर्णता दिदैँ एकता पक्रिया टुङ्याउने काम भइरहेको छ । यसै क्रममा अनेरास्ववियू ओखलढुंगा जिल्ला कमिटिको एकता सहितको पुनर्गठन प्रकृया सम्पन्न गरेको छ ।

एकताको विरोध गर्दै असंवैधानिक पक्षमा लागेको र अहिले केपी ओलीको समर्थनमा लागे पछि अनेरास्ववियू ओखलढुंगा जिल्ला संयोजक अशेष श्रेष्ठलाई हटाउँदै नयाँ कमिटी पुन निर्माण गरेको अनेरास्ववियूका केन्द्रीय सदस्य शंकर तिमल्सिनाले बताए ।

उनले अध्यक्ष लक्ष्मण राउत र उपाध्यक्ष चम्बु फुयालको नेतृत्वमा अनेरास्ववियू जिल्ला कमिटी गठन गरिएको साथै स्थानीय तहको संयोजक र सहसंयोजक समेत तोकिएको बताए ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content