February 27, 2024
Comp-1-1

कोरोनाबाट थप २० जनाको मृत्यु, १०१४ जनामा संक्रमण पुष्टि

कोरोनाबाट थप २० जनाको मृत्यु, १०१४ जनामा संक्रमण पुष्टि
Comp-1-1

२२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ भने १ हजार १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २० जना कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको हो । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६ सय १४ पुगेको छ ।

त्यस्तै १ हजार १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित हुनेको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।

त्यस्तै थप १ हजार ६ सय २८ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् । हालसम्म २ लाख २७ हजार ४ सय ३३ जना कोरोनाबाट निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय २० जनाको कोरोनाभाइरस परीक्षण गरिएको थियो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ जना रहेको मन्त्रालयले जनाएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content