February 21, 2024
Comp-1-1

ओखलढुंगामा युवा संघ र वाइसिएलबीच एकता सम्पन्न

ओखलढुंगामा युवा संघ र वाइसिएलबीच एकता सम्पन्न
Comp-1-1

८ मंसिर, ओखलढुंगा । ओखलढुंगामा युवा संघ र योङ कम्युनिष्ट लिग (वाइसिएल)बीच एकता सम्पन्न भएको छ । सोमबार जिल्ला पार्टी कार्यालयमा नेकपा जिल्ला सचिव मोहन श्रेष्ठको प्रमुख आथिथ्यतामा एकता सम्पन्न भएको हो ।

तत्कालीन नेपाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एमालेको एकिरण पश्चात पार्टीका जनवर्गिय संगठनहरु घमाधम एकिकरण भइरहेका छन् । सोही क्रममा ओखलढुंगा जिल्लामा पनि युवा संघ र वाइसिएलबीच एकता सम्पन्न भइ राष्ट्रिय युवा संघ नेपाल, ओखलढुंगा भएको छ ।

एकता भेलाले ६१ जनाको जिल्ला संंगठानीक संरचना र ९ सदस्यीय कार्यालय टिम तथा १९ जनाको जिल्ला सचिवालय समेत निर्माण गरेको राष्ट्रिय युवा संघ नेपाल, ओखलढुंगाका सह इन्चार्ज सन्तोष मगरले जानकारी दिएका छन् ।

त्यसैगरी ओखलढुंगा जिल्ला प्रदेश क अन्तर्गत पासाङ शेर्पा संयोजक तथा दिपक राईलाई सह संयोजकको जिम्वेवारी प्रदान गरेको छ भने प्रदेश ख अन्तर्गत अनिल कार्की संयोजक र टिकाराम क्याप्छाकी मगरलाई सह संयोजकको जिम्वेवारी प्रदान गरेको मगरले बताए ।

त्यस्तै स्थानीय तह अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिकामा मिलन राई र रहरमान राई, सुनकोशी गाउँपालिकामा मदन कटुवाल र प्रदिप मगर, खिजिदेम्वा गाउँपालिकामा आङदावा शेर्पा र विरबहादुर सुनुवारले संयोजक तथा सह संयोजक जिम्मेवारी पाएका छन् ।

यसैबीच चिसंखुगढी गाउँपालिकामा मोहन कार्की र सुवास घिमीरे, मोलुङ गाउँपालिकामा लोकप्रिय सुनुवार र शेषराज खतिवडा, चम्पादेवी गाउँपालिकामा ईन्द्र श्रेष्ठ र विपिन मगर, लिखु गाउँपालिकाममा दिपक श्रेष्ठ र शर्मीला भट्टराई तथा सिद्धिचरण नगरपालिकामा योगेश्वर राजभण्डारी र टोकल श्रेष्ठ संयोजक तथा सह संयोजकको जिम्मेवारी पाएका छन् ।

उक्त एकता भेलामा जिल्ला पार्टी कार्यालय सदस्य नेत्र प्रसाद भट्टराई, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज सन्तोष मगर, केन्द्रिय सदस्य सीता नेपालीको विशेष आतिथ्यता तथा जिल्ला संयोजक राजन खत्री, सह संयोजक छबिरमण धमला र पार्टी फ्याक्सन इन्चार्ज शिवराम खड्का लगायतकोे उपस्थितमा भेला सम्पन्न भएको थियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content