March 4, 2024
Comp-1-1

थप १६६९ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

थप १६६९ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु
Comp-1-1

८ मंसिर, काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६९ जनामा कोरोनाभाइरस संंक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ६५५ जना महिला र १०१४ जना पुरुष गरी १ हजार ६६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
मन्त्रालयका प्रवक्ता गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।
यस्तै ५ हजार ६९९ जना निको भएको छन् । योसँगै निको हुनेको कुल संख्या १ लाख ९९ हजार २४ जना पुगेको छ ।
हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने सक्रिय संक्रमित २० हजार १६६ जना रहेका छन् ।
त्यसैगरी, काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४१५ जना महिला र ५४२ जना पुरुष रहेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content