February 27, 2024
Comp-1-1

थप ३ हजार १६७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

थप ३ हजार १६७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु
Comp-1-1

१ कातिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १२ जनाको मुत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको र १२ जनाको मुत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार अहिलेसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन् । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ जना र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।

त्यस्तै बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या १ हजार ८ सय रहेको छ । यससँगै हाल सम्म निको हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

गएको २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएसँगै अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ ।

बितको २४ घण्टामा १५ हजार ४३८ जनाको पीसीआर परिक्षण भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content