March 4, 2024
Comp-1-1

राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगाको एकता सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगाको एकता सम्पन्न
Comp-1-1

२५ असोज, काठमाडौं । राष्ट्रिय युवा संघ, नेपाल ओखलढुंगाको ऐतिहासिक एकता सम्पन्न भएको छ । आइतबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी ओखलढुंगाद्वारा प्रेस विज्ञप्ति जारी गर्दै ६१ सदस्यीय जिल्ला कमिटी गठनसँगै एकता प्रक्रिया सम्पन्न भएको हो ।

एकता प्रक्रियाको क्रममा पूर्व युवा संघबाट राजन खत्रि संयोजक र पूर्व वाइसिएलको तर्फबाट छविरमण धमला सह–संयोजक रहेको कमिटीमा पूर्व युवा संघबाट ३२ जना र पूर्व वाइसिएलबाट २९ जना गरी ६१ सदस्यीय जिल्ला कमिटी गठन भएको केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज सन्तोष मगरले जानकारी दिएका छन् । उनले उक्त जिल्ला कमिटिमा संयोजक र सह–संयोजकको पहिले नै टुंगो लागि सकेको बताए । नव गठित कमिटीको सपथ ग्रहण छिट्टै गर्ने तयारी भइ रहेको सह–इन्चार्ज मगरले जानकारी दिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा संगठनको एकता प्रक्रिया देशभर चलिरहेको छ । यसै क्रममा ओखलढुंगाको एकता प्रक्रिया पनि टुंगोमा पुगेको छ । सो एकता प्रक्रियाको क्रममा केन्द्रले पूर्व युवा संघबाट केन्द्रिय सस्दय बुद्ध श्रेष्ठलाई जिल्ला इन्चार्ज र पूर्व वाइसिएलबाट सन्तोष मगरलाई सह–इन्चार्ज तथा केन्द्रिय सस्दयको जिम्मेवारी दिएको थियो ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content