February 27, 2024
Comp-1-1

कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो, एकै दिन ३४३९ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो, एकै दिन ३४३९ जनामा संक्रमण पुष्टि
Comp-1-1

२१ असोज, काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ भने एकैदिन ३ हजार ४३९ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका छन् । प्रवक्ता डा. गौतमले देशभर एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

काठमाडौंमा १ हजार २९६ जना, ललितपुरमा २९३ जना र भक्तपुरमा ९५ जना गरी काठमाडौं उपत्यकामा १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १२६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६८ हजार ६ सय ६८ जना पुगेको छ ।

यसैगरी आज संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको कोरोना परीक्षण भएको छ ।

त्यसैगरी बितेको २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको कुल संख्या ५७८ पुगेको छ ।

मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि लकडाउन गर्न सिफारिस गरेको थियो । असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी सक्रिय संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकोले लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सरकारले मन्त्रालयले गरेको लकडाउनको सिफारिस कार्यान्वयन गर्ने कि नगर्ने भनेर हालसम्म निर्णय गरेको छैन् ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content