February 27, 2024
Comp-1-1

कोरोनाबाट थप १९ जनाको मृत्यु, उपत्यकामा १५३१ जनासहित २४४० जनामा संक्रमण पुष्टि

कोरोनाबाट थप १९ जनाको मृत्यु, उपत्यकामा १५३१ जनासहित २४४० जनामा संक्रमण पुष्टि
Comp-1-1

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप १९ जनाको मृत्यु भएको छ भने काठमाडौं उपत्यकामा मात्र १ हजार ५३१ जनासहित देशभर २ हजार ४४० जनामा संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ५५४ पुगेको जानकारी दिएका छन् । उनले बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौं उपत्यकामा मात्र १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता डा. गौतमले काठमाडौंमा १ हजार १७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना गरी काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार १३३ जना निको भएसँगै देशभर कोरोनाबाट निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।

यस्तै आईसोलेसनमा १२ हजार ३१६ र संस्थागत आईसोलेसनमा ११ हजार १९१ जना गरी हालसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । जसमा आजसम्म आईसीयूमा २४४ र भेन्टिलेटरमा ४३ जना रहेका छन् ।

हालसम्म देशभर कोरोना संक्रमित हुनेको कुल संख्या भने ८९,२६३ पुगेको छ । भने आज १३,७८१ जनाको पीसीआर परिक्षण भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content