March 4, 2024
Comp-1-1

उपत्यकामा ८१७ जना सहित थप १३५१ जनामा संक्रमण पुष्टि

उपत्यकामा ८१७ जना सहित थप १३५१ जनामा संक्रमण पुष्टि
Comp-1-1

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनासहित देशभर थप १ हजार ३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना गरी ८१७ जनामा कोरोना संक्रमण पुष्टि जनकारी दिएका छन् । यस्तै देशभर ४३६ महिला र ९१५ पुरुष गरी १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

त्यस्तै कोरोनाभाइरस संक्रमबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा. गौतमले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिए । जसमा ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ७४२ जना निको भएको जनाएको छ । योसँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ । यस्तै आज १० हजार ८० जनाको पीसीआर परिक्षण भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content