March 4, 2024
Comp-1-1

कोरोनाबाट थप १७ जनाको मृत्यु, १४९४ जनामा संक्रमण पुष्टि

कोरोनाबाट थप १७ जनाको मृत्यु, १४९४ जनामा संक्रमण पुष्टि
Comp-1-1

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ भने १ हजार ४९४ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै मृतकको कुल संख्या ४५३ पुगेको छ ।

डा. प्रवक्ताले बितेको २४ घण्टामा ५१३ महिला र ९८४ जना पुरुष गरी १ हजार ४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कोरोना भाइरस संक्रमितको संख्या ६९ हजार ३०१ जना पुगेका छन् ।

मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३६ रहेको मन्त्रालयले जनाएको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना र होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छने । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २२९ महिला र ३८० पुरुष गरी ६०९ जना, ललिपुरमा ३८ महिला र ५७ पुरुष गरी ९५ जना र भक्तपुरमा १२ महिला र ३९ पुरुष गरी ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content