February 27, 2024
Comp-1-1

देशभर थप ११७२ जनामा संक्रमण पुष्टि, उपत्यकामा ६३७ जना थपिए

देशभर थप ११७२ जनामा संक्रमण पुष्टि, उपत्यकामा ६३७ जना थपिए
Comp-1-1

काठमाडौं । देशभर थप ११७२ जनामा संक्रमण पुष्टि भएको छ, भने काठमाडौं उपत्यकामा ६३७ जना थपिए छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ सहित देशभर ११७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना गरी उपत्यकामा ६३७ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ११७२ जना संक्रमितमध्ये ४२६ जना महिला र ७४६ जना पुरुष रहेका छन् । हालसम्म देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।
गएको २४ घण्टामा १ हजार ८९३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ जना पुगेका छन् ।
यस्तै, सक्रिय संक्रमित १७ हजार ४११ जना रहेका छन् भने ७ हजार १०४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, बितेको २४ घण्टामा १ एक महिला सहित ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४९७ जनाको पिसिआर परिक्षण भएको थियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content