March 4, 2024
Comp-1-1

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो, थप १२०४ जनामा संक्रमण पुष्टि

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो, थप १२०४ जनामा संक्रमण पुष्टि
Comp-1-1

३ असोज, काठमाडौं । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय नाघेको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले थप ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको जानकारी दिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको डा गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौंका ५ सय ७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना गरी काठमाडौं उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।

यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १ सय ५३ जना र होम आइसोलेशनमा ९ हजार ९ सय ७६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content