February 27, 2024
Comp-1-1

कोरोनाबाट थप ११ जनाकोे मृत्यु, उपत्यकामा ६७६ जना संक्रमित थपिए

कोरोनाबाट थप ११ जनाकोे मृत्यु, उपत्यकामा ६७६ जना संक्रमित थपिए
Comp-1-1

३० भदौ, काठमाडौं । कोरोनाबाट थप ११ जनाकोे मृत्यु भएको छ भने उपत्यकामा ६७६ जना संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालय को नियमित प्रेस ब्रिफिङमा डा जागेश्वर गौतमले अनुसार ४ महिला र ७ जना पुरुष गरी ११ जनाको मृत्यु भएको जानकारी दिएका छन् । प्रवक्ता डा गौतमले काठमाडौंमा ८६ वर्षीया महिला र ३४, ९६ र ६६ वर्षीय पुरुष, सिराहामा ३५ वर्षीया, बारामा ५५ वर्षीया, रुपन्देहीमा ६४ वर्षीया महिला, सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानपुरमा ६१ वर्षीय र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको बताए । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५ जना, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना गरी उपत्यकामा ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने देशभर १ हजार ४५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ ।

प्रवक्ताका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निकोका छन् । हालसम्म निको हुनेको कुल संख्या ४० हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content