February 21, 2024
Comp-1-1

देशभर थप १०३९ जना कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

देशभर थप १०३९ जना कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
Comp-1-1

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा जागेश्वर गौतमले १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनकारी दिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । यसैगरी थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३४५ पुगेको छ ।
प्रवक्ता डा गौतमले काठमाडौंमा ४८३ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा ८१ जना गरी जम्मा ५९७ जनामा संक्रमण पुष्टि भएको बताए ।
त्यस्तै सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएर घर फर्किएका छन् भने निको भएर घर फर्किनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार १८५ जनाको पीसीआर परिक्षण भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content