February 21, 2024
Comp-1-1

पीएसजी लेन्ससँग १–० पराजित

पीएसजी लेन्ससँग १–० पराजित
Comp-1-1

२६ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनको नव प्रवेशी टिम लेन्ससँग १–० ले पराजित भएको छ । बिहीबार राति भएको खेलमा लेन्सले पीएसजीलाई १–० ले पराजित गरेको हो ।

फ्रेञ्च लिग वानको साविक विजेता पिएसजी सिजनको पहिलो खेलमै स्तब्ध बनेको छ । घरेलु टोलीका इग्नाटियस गनागोले ५७ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पिएसजीको पहिलो रोजाईका ७ खेलाडी नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया, केलर नाभास, मार्किन्हस, मोउरो इकार्डी र ड्यानियल पाराडेसलाई कोरोना संक्रमण पुष्टि भएपछि पीएसजी दोस्रो रोजाईका खेलाडी लिएर खेल्नु परेको थियो ।

पीएसजीको अग्रपङ्ति युवा खेलाडी रुइज एटिल, अर्नाउड कालीमुइन्डो मुइंगा र पाब्लो सारावियाले सम्हालेका थिए । मिडफिल्डमा मार्काे भेराट्टी, एन्डर हेरेरा, इड्रिसा गाना गुआइ, रहँदा डिफेन्समा जुआन बेर्नाट, प्रेसनेल केम्पेम्वे, थिलो केरहर र लेभिन कुर्जावा रहेका थिए । यस्तै उसले तेस्रो रोजाइका गोलकिपर बुल्कालाई खेलाएको थियो ।

कोरोना भाइरसको डर भए पनि खेलमा ५ हजार दर्शकलाई प्रवेश दिइएको थियो । पिएसजीले पछिल्लो आठ वर्षमा सात उपाधि जितेको थियो । दोस्रो रोजाईको टोलीले लेन्सविरुद्ध ७८ प्रतिशत बल पोजेसन बनाएपनि फिनिसिङमा चुक्दा पहिलो खेलमै १–० ले स्तब्ध बन्न पुग्यो । एजेन्सी

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content