March 4, 2024
Comp-1-1

काठमाडौं उपत्यकामा बढ्यो चहलपहल

काठमाडौं उपत्यकामा बढ्यो चहलपहल
Comp-1-1

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा चहल पहल बढ्को छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेसँगै चहल पहल बढेको हो ।

उपत्यकमा १६ सिट क्षमतामाथिका सार्वजनिक सवारीसाधन संचालन गर्न दिने निर्णय गरेको थियो । यस्तै निजी सवारी साधन र ट्याक्सी जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय भएको छ ।

यस्तै उपत्यकामा पसल व्यवसाय छिटपुटरुपमा संचालन भएको छ भने मानिसहरुको चहलपहल पनि बढेको छ । प्रशासनले औषधि बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने निर्णय गरेको छ । यस्तै खाद्य वस्तु, दूध, फलफूल तरकारी, माछा मासुका पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ ।

यसैगरी निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ । टेक अवे सेवाका साथै अनलाइन डेलिभरी सेवा स्वास्थ्य मापदण्ड पूरा गरी मध्यान्ह १२ देखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइने छ ।

यस्तै, सहकारी संस्थाहरु बिहान ११ देखि ३ बजेसम्म, सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ भने भाँडा र भान्साजन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ ।

त्यस्तै फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्र खोल्न पाइने छ । यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसल, इलोक्ट्रोनिक र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र फेरि बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ । यस्तै सवारीसाधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ देखि राति ८ बजेसम्म खोल्न सकिने गरी निर्णय भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content