March 4, 2024
Comp-1-1

राष्ट्रिय टिमबाट सय गोल पूरा गर्दै रोनाल्डोको नयाँ कीर्तिमान

राष्ट्रिय टिमबाट सय गोल पूरा गर्दै रोनाल्डोको नयाँ कीर्तिमान
Comp-1-1

२५, भदौ, काठमान्डौ । राष्ट्रिय टिमबाट सय गोल पूरा गर्दै रोनाल्डोको नयाँ कीर्तिमान बनाएका छन् । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियाना रोनाल्डोले नेसन्स लिग अन्तरगत गएराति भएको खेलमा स्विडेनविरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् ।
स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । हिजो गोल संख्या एक सय एक र्पुयाएका रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् ।
राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् । नेसन्स लिगका गएरातिका अन्य खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले, फ्रान्सले क्रोयसियालाई ४–२ ले, अजरबैजानले साइप्रसलाई १–० ले र मोन्टेनेर्गाेले लक्जेम्वर्गलाई १–० ले हराएका छन् ।
डेनमार्क र इंग्ल्याण्डले भने गोलरहित बराबरी खेलेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content