February 21, 2024
Comp-1-1

चलचित्र ‘प्रेमगित ३’ का निर्देशक छेतन गुरुङको निधन

चलचित्र ‘प्रेमगित ३’ का निर्देशक छेतन गुरुङको निधन
Comp-1-1

२४ भदौ, काठमाडौं । चलचित्र ‘प्रेमगित ३’ का निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलवार काठमाडौंको मेट्रो अस्पतालमा उनको ४२ वर्षको उमेरमा निधन हो । लिभरमा समस्या देखिएपछि काठमाडौं मेट्रो अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गुरुङको उपचारको क्रममा निधन भएको हो ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता चलचित्रको स्क्रिप्ट लेखिसकेका गुरुङ चलचित्र ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा होमिएका थिए । उनको पछिल्लो निर्देशित चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनमा आउन बाँकी छ । लकडाउनमा कारण यो चलचित्र प्रदर्शनमा आउन नसकेपछि उनी केही महिनायता चलचित्र ‘हुतुतु’ को तयारीमा गरिरहेका थिए । यो चलचित्रमा पनि उनी आफैंले निर्देशन गर्ने योजना बनाएका थिए ।

लभस्टोरी चलचित्रको कथा लेख्न सिपालु मानिने निर्देशक गुरुङको चलचित्र ‘डम्बरुको डण्डीवियो’ को निर्देशनबाट प्रशंसा पाएका थिए । चलचित्र ‘प्रेमगीत ३’ लाई लिएर निकै उत्साहित भएका गरुङ चलचित्र प्रदर्शनमा आउनुभन्दा अगाडि नै संसारबाट बिदा लिएका छन् । उनको निधनले नेपाली चलचित्र क्षेत्रमा शोक छाएको छ ।

चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र संवाद लेखेर गुरुङ चलचित्र क्षेत्रमा भित्रिएका थिए । उनले पहिलो चलचित्रबाटै उत्कृष्ट लेखकको अवार्ड उचालेका थिए । त्यस्तै, डेब्यू निर्देशित चलचित्र ‘डमरुको डण्डीवियो’ बाट उनले कामना अवार्डमा नव–निर्देशकको अवार्ड जित्न सफल भएका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content