March 4, 2024
Comp-1-1

कलाकार जय प्रकाश रेड्डीको निधन

कलाकार जय प्रकाश रेड्डीको निधन
Comp-1-1

एजेन्सी, मुम्बई। तेलुगू फिल्मका चर्चित कलाकार जय प्रकाश रेड्डीको निधन भएको छ । मंगलवार ७४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
रेड्डी सानै उमेरदेखि अभिनयमा होमिएका थिए । उनीे फिल्ममा प्रायः नेगेटिभ र कमेडी भूमिकामा देखिएका उनको पहिलो फिल्म ‘ब्रह्म पुत्रुदु’ थियो । तर, ‘ब्रह्म पुत्रुदु’ बाट सफलता प्राप्त गर्न सकेनन् । करीब एक दशकपछि उनले फिल्म ‘प्रेमिचुकन्दम रा’ मा काम गरे । बालकृष्ण स्टारर ‘समरसिम्हा रेड्डी’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । यसबाट भिलेनको रुपमा उनलाई पहिचान मिलेको थियो । उनले ‘नरसिम्हा नायडू’, ‘आनन्दम’, ‘कबड्डी कबड्डी’, ‘चिन्ना’, ‘किङ’ लगायतका फिल्ममा काम गरेका छन् । उनको निधनले तमिल र तेलुगूमा शोक छाएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content