February 21, 2024
Comp-1-1

एमबाप्पेलाई कोरोना संक्रमण पुष्टि

एमबाप्पेलाई कोरोना संक्रमण पुष्टि
Comp-1-1

२३ भदौ, काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) का अनुसार अन्तर्राष्ट्रिय ड्युटीमै रहँदा उनमा सोमबार कोरोना पुष्टि भएको हो ।
एम्बाप्पे कोरोना पुष्टि भएसँगै राष्ट्रिय टोलीको क्याम्प छोड्दै सेल्फ आइसोलेसनमा गइसकेका छन् । यसअघि गरिएको परिक्षणमा भने उनको नतिजा नेगेटिभ आएको थियो ।
फ्रान्स फुटबलका अनुसार २१ वर्षीय एमबाप्पे कोरोना पुष्टि हुने पीएसजीको पछिल्लो खेलाडी हुन् । यसअघि पीएसजीका नेयमार, मोउरो इकार्डी, एन्जल डि मारिया, लियान्द्रो पाराडेस, केलर नाभास र मार्किन्हसलाई कोरोना पुष्टि भइसकेको छ ।
नेसन्स लिग अन्तरगत शनिबार राति स्वीडेनविरुद्धको खेलमा एमबाप्पेले पहिलो रोजाईमा खेल्दै उनकै गोलमा १–० को जित निकालेको थियो । कोरोना पुष्टि भएसँगै एमबाप्पेले (मंगलबार) राति घरेलु मैदानमा हुने क्राएसियाविरुद्धको खेलका साथै फ्रेन्च लिग वानको लेन्स र मार्सेलीविरुद्धको खेल गुमाउने पक्का भएका छ ।
यद्यपि फ्रान्सेली लिगले एकै टोलीका ४ भन्दा बढी खेलाडी संक्रमित भए खेल स्थगित गर्न सक्ने जनाएको छ । पिएसजीको खेलबारे संघले चाँडै निर्णय गर्नेछ । एजेन्सी

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content