February 27, 2024
Comp-1-1

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो
Comp-1-1

२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३०० पुगेको हो । सोमबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३०० पुगेको जनाकारी दिए । त्यस्तै देशभर ९७९ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।
डा गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना र होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ७३६ जनाले कारोना जितेर घर फर्किएका छन् । घर फर्किनेको कुल संख्या ३० हजार ६७७ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण भएको छ, भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भैसकेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content