February 21, 2024
Comp-1-1

कोरोनाबाट थप १४ जनाको मृत्यु, १,३५९ जना संक्रमित

कोरोनाबाट थप १४ जनाको मृत्यु, १,३५९ जना संक्रमित
Comp-1-1

१९ भदौ, काठमाडौं । कोरोनाबाट देशभर थप १४ जनाको मृत्यु, भएको छ, भने १,३५९ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए । यस्तै ४६४ महिला र ८९५ पुरुष गरी १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
त्यसैगरी काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा गरी काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएर घर फर्केसँगै कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content