February 27, 2024
Comp-1-1

‘प्रसाद २’ मा विपिन र नम्रता दोहोरिने

‘प्रसाद २’ मा विपिन र नम्रता दोहोरिने
Comp-1-1

१८ भदौ, काठमाडौं । दिनेश राउत निर्देशित तथा सुवास थापा निर्मित फिल्म ‘प्रसाद’ ०७५ सालमा प्रदर्शनमा आएको व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म मानिएको थियो । ‘प्रसाद’ सफल भएपछि निर्माता सुवास थापा ‘प्रसाद’ को दोस्रो श्रृंखला निर्माणमा जुटेका छन् । कोरोनाको महामारी अन्त्यपछि छायांकनमा जाने गरि लेखक शुशील पौडेल स्क्रिप्टमा काम गरिरहेका छन् । ‘प्रसाद’ को कथा पनि पौडेलले तयार पारेका थिए । फिल्ममा निर्देशक परिवर्तन भएर । सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।

निर्देशक परिवर्तन भएका कारण ‘प्रसाद २’ मा विपिन, नम्रता र निश्चलले काम गर्ने सम्भावना न्यून रहेको चर्चा चलेको थियो । चर्चालाई झुट सावित गर्दै विपिन र नम्रता फिल्म गर्न राजी भएका छन् । लेखक पौडेलका अनुसार, केही दिनअघि दुवैसँग कागजी सम्झौता हुने भएको छ । निश्चलसँग मौखिक सहमति भए पनि निषेधाज्ञाका कारण भेट हुन नपाएका कारण कागजी सम्झौता हुन नसकेको पौडेलले बताए ।

‘प्रसाद’ मा विपिन र नम्रता विवाहित जोडीको भूमिकामा थिए । यसको दोस्रो श्रृंखलामा भने उनीहरुबीच कसरी प्रेम अंकुराएको थियो भन्ने देखाइनेछ । नाम नै ब्रान्ड बनिसकेका कारण निर्माण नहुँदै ‘प्रसाद २’ प्रति दर्शकहरुको आशा र अपेक्षा उच्च रहेको छ । अभिनयमा विपिन र नम्रता पुनः दोहोरिन तयार हुनुले फिल्मको स्क्रिप्ट तगडा बनेको हुनसक्ने धेरैको विश्वास छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content