February 21, 2024
Comp-1-1

देशभर कोरोनाबाट थप १२ जनाको मृत्यु, ११२० संक्रमण पृष्टि, उपत्यका थपिए ३८८ जना

देशभर कोरोनाबाट थप १२ जनाको मृत्यु, ११२० संक्रमण पृष्टि, उपत्यका थपिए ३८८ जना
Comp-1-1

१७ भदौ, काठमोडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट देशभर थप १२ जनाको मृत्यु भएको छ, भने ११२० कोरोना संक्रमण पृष्टि भएको छ, जसमा उपत्यका ३८८ जना थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतम पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको जानकारी दिएका छन् । उनले देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएको जाकारी दिए । योसँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आज काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना गरी काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् ।
यसैगरी २४ घण्टामा १ हजार ११२ जना निको भएर घर फर्किएका छन् । भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content