July 27, 2024

काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा भिजन र पुर्णिमालाई स्वर्ण

काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा भिजन र पुर्णिमालाई स्वर्ण

१४ भदौ, काठमाडौं । काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा मुलपानीका भिजन तामाङ र विजेश्वरीकी पुर्णिमा बस्नेतले स्वर्ण जितेका छन् । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिाको पहिलो दिन ६ स्पर्धाको नतिजा आउदा भिजनले यु–१२ पुरुष एकलमा तथा पुर्णिमाले पनि सोही विधामा स्वर्ण जित्न सफल भएकी हुन् ।

पहिलो दिन मुलापानीले २ स्वर्ण, ३ रजत र २ कांस्य पनि हात पारेको छ । विजेश्वरी आवसीय मावि, कैलाली, रुपन्देही र चितवनले समान १–१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । भिजनको उमेर समुहमा काभ्रेस्थलीका मिराज केसी दोस्रो तथा मुलपानीका रोनिश नगरकोटी र ईश्वर पराजुलीले कास्य पाए । सोही स्पर्धाको महिलामा विजेश्वरीकी पुर्णिमा बस्नेतले स्वर्ण जित्दा मुलपानीकी मेलिना राईले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा र काभ्रेस्थलीकी सुस्मिता कार्कीले कांस्य हात पारे ।

यु–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया पहिलो भए । मुलपानीका आयुश ढुंगेल दोस्रो तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ र चन्द्रसूर्यका योग्य राई तेस्रो भए । त्यसै स्पर्धाको महिलामा चितवनकी आचल बाजगाईं पहिलो, मुलपानीकी प्रगति कुइकेल दोस्रो तथा विजेश्वरीकी प्राप्ति पुन र काभ्रेस्थलीकी विनिशा खड्गीले तेस्रो स्थान हासिल गरिन् । पुरुष ३१–४० वर्ष उमेरसमूहको एकलमा रुपन्देहीका सुरज श्रेष्ठ पहिलो भए । मैत्रीका रामचन्द्र व्यञ्जन्कार दोश्रो तथा बागलुङका नन्द विष्ट र योन्सुफका दुर्गामान तामाङ तेश्रो भए । महिलामा मुलपानीकी तृप्ति बुढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण चुमिन् ।

दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकारी गराए । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन् । अन्तिम दिन ५ स्वर्णको टुंगो लाग्ने छ ।

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content