March 4, 2024
Comp-1-1

६२ वर्षका व्यक्तिले ६२.४ किलोमिटर दौडिएर आफ्नो ६२ औँ जन्मदिन मनाए

६२ वर्षका व्यक्तिले ६२.४ किलोमिटर दौडिएर आफ्नो ६२ औँ जन्मदिन मनाए
Comp-1-1

काठमाडौं । छिमेकी मुलुक भारतको हरियाणास्थित पानीपतका बासिन्दा जसमेर सिंह सिद्दुले गत अगष्ट २५ का दिन आफ्नो ६२ औँ जन्मोत्सव ६२ दशमलव ४ किलोमिटर दौडिएर मनाए । उनले आफ्नो ६२ औँ बर्थडेलाई निकै स्मरणीय बनाएका छन् ।

रोचक त के भने सिद्दुले यसअघि पनि आफ्नो बर्थडेमा आफू जति वर्षको भयो उति नै किलोमिटर दौडिने गरेका थिए ।
बर्थडेका दिन दौडिँदै गरेको भिडियो उनले आफ्नो ट्वीटरमा शेयर गरेका छन् । उक्त भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘मैले आज आफ्नो जिन्दगीको ६२ वर्ष पूरा गरेँ । र, यही मौकामा ६२.४ किलोमिटर दौड पूरा गरेँ । अहिले पनि म आफ्नो उमेरभन्दा अगाडि छु ।

ट्वीटरमा उनले अपलोड गरेको भिडियो निकै भाइरल बन्यो जसले २ लाखभन्दा धेरै भ्यूज तथा हजारौँ लाइक्स प्राप्त गरिसकेको छ । उक्त भिडियोमा धेरै मानिसहरुले अनेक खालका प्रतिक्रिया दिएका छन् र अधिकांशले उनको प्रशंसा गरेका छन् । एजेन्सी

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content