February 27, 2024
Comp-1-1

अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिने ६४ हजारभन्दा बढी

अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिने ६४ हजारभन्दा बढी
Comp-1-1

१३ भाद्र, काठमाडौं । शेयर बजारमा अनलाइन कारोबार गर्न युजर नाम र पासवर्ड लिने लगानीकर्ता ६४ हजारभन्दा बढी पुगेका छन् । २ लाख ८७ हजार ८५४ जना सक्रिय लगानीकर्तामध्ये ६४ हजार ६१६ जनाले युजरनेम र पासवर्ड लिएका हुन् ।

ब्रोकर कम्पनीहरूमध्ये नासा सेक्युरिटिजबाट सबैभन्दा बढी ५ हजार २७६ जनाले अनलाइन युजरनेम र पासवर्ड लिएका छन् । दोस्रोमा सानी सेक्युरिटिजबाट ४ हजार ९८८ जनाले लिएका छन् । पछिल्लो समय कोरोना भाइरस रोकथामका लागि काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञाका कारण शेयर बजारमा अनलाइन प्रयोगकर्ता बढेका छन् । यसरी हेर्दा शेयर बजारमा आगामी दिनमा अनलाइन प्रयोगकर्ता बढ्ने देखिन्छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content