March 4, 2024
Comp-1-1

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
Comp-1-1

१३ भाद्र, काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले जितेकी छिन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता भएकी हुन् ।

उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन । फष्ट रनरअप प्रविण, सेकेन्ड रनरअपमा किरण भएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

कोरोना संक्रमणको कारण चैत पहिलो साताबाट स्थगित नेपाल आइडल केही साता अगाडि पुनः सुरु भएको थियो । कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए ।
नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content