February 27, 2024
Comp-1-1

आगमी वर्षदेखि विद्यालय स्तरमा फिल्म पढ्न पाइने

आगमी वर्षदेखि विद्यालय स्तरमा फिल्म पढ्न पाइने
Comp-1-1

काठमाडौं । आगमी वर्षदेखि विद्यालयस्तरबाटै फिल्मबारे पढ्न पाइने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अगामी नयाँ वर्षबाट पाठ्यपुस्तकमै फिल्म समेटिन लागेको बताएका छन् । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले आगामी बर्षबाट सो व्यवस्था गर्न लागेको हो ।
अध्यक्ष दाहालले यो बर्ष पुस्तकहरु बाहिर आइसकेकोले अर्को वर्षबाट पाठ्यपुस्तक फिल्म समेटिने बताए । फिल्मको विषय पाठ्यपुस्तकमा समेट्नका लागि पाठ्यक्रम विकास केन्द्रमा पटक पटक छलफल भएको जानकारी दिए ।
पाठ्यापुस्तकमा फिल्म समेटिने भएपनि बोर्ड अध्यक्ष दाहाल के कस्ता विषयवस्तु समेट्ने भनेर व्यापक छलफलमा लागेका बताए । छलफलबाट निस्किएका विषयवस्तु नै पाठ्यपुस्तकमा राख्न बोर्डले पहल गर्नेछ ।
त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम निर्माण समितिको पदेन सदस्य समेत रहेका दाहालले नेपालका फिल्म कलेजका पाठ्यपुस्तक समेत अन्तराष्ट्रिय स्तरको बनाउन छलफल पनि भएको जानकारी दिए । उनले नेपाली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनको लागि पनि यो आवश्यक रहेको बताए ।
भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गराउने उद्देश्यले पुस्तकमा फिल्मका विषय समेट्न केन्द्र तयार भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content