February 27, 2024
Comp-1-1

अमेजनले ६५ करोडमा किन्यो ‘कुली नम्बर १’

अमेजनले ६५ करोडमा किन्यो ‘कुली नम्बर १’
Comp-1-1

एजेन्सी । अमेजनले ६५ करोडमा ‘कुली नम्बर १’ किनेको छ । वरुण धवन स्टारर फिल्म ‘कुली नम्बर १’ अमेजनले किनेको हो । उक्त फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । सेप्टेम्बरको पहिलो हप्ता फिल्मको रिलिज डेट घोषणा हुने बताइएको छ । अहिले ‘मिर्जापुर २’ को प्रमोशन चलिरहेका कारण अमेजनले ‘कुली नम्बर १’ को रिलिज डेट घोषणा गर्न नसकेको हो । फिल्मको ओटीटी राइट्स महंगा मुल्यमा विक्री भएको छ ।
‘शकुन्तला देवी’ ५० करोडमा किनेको अमेजनले वरुणको फिल्मलाई ६५ करोड तिरेको छ । योसँगै ‘कुली नम्बर १’ अमेजनमा यो वर्ष सबैभन्दा महंगोमा विक्री हुने पहिलो फिल्म बनेको छ । आयुष्मान खुराना र अमिताभ बच्चनको ‘गुलाबो सिताबो’ लाई ४० करोड तिरेको यो प्लेटफर्मले कोरोना महामारीपछि बलिउडका ठूला फिल्मको डिजिटल राइट्स खरिद गर्दै आएको छ ।
निर्माता वाशु भगनानीले ‘कुली नम्बर १’ लाई अन्तिम समयसम्म पनि सिनेमा हलमा रिलिज गर्न चाहेका थिए । उनी सिनेमा हलका सञ्चालकहरुसँग निरन्तर सम्पर्कमा थिए । तर, उनले राखेका विभिन्न सर्तमा हल सञ्चालक सहमत नभएपछि फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो । डेविड धवनले निर्देशन गरेको फिल्ममा वरुणको जोडी सारा अली खानसँग बाँधिएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content