February 21, 2024
Comp-1-1

एकै दिन १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

एकै दिन १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
Comp-1-1

काठमाडौं । देशभर एकै दिन १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको र ८ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको छ भने मृत्यु हुनेको कुल संख्या १ सय ८३ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पर्सा, कपिलवस्तु, काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा १—१ जनाको मृत्यु भएको छ । ललितपुरमा ६५ वर्षीया, बारामा २३ वर्षीया, कास्कीमा ३२ वर्षीया, रुपन्देही र बाँकेमा ७० वर्षीया गरी ५ जना महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै काठमाडौंमा ४८ वर्षीय, पर्सामा ६२ र कपिलवस्तुमा ५० वर्षीय गरी ३ जना पुरुषको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा निको भएर ५६९ जना घर फर्किएसँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमित संख्या १५ हजार २ सय ७३ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय ३५, प्रदेश नम्बर २ मा १ हजार ८ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ३, गण्डकी प्रदेशमा ४ सय ११, प्रदेश नम्बर ५ मा ९ सय ८३, कर्णाली प्रदेशमा ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४१ गरी देशभरी ९ हजार ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।
यसैगरी प्रदेश नम्बर १ मा ३ सय ७७, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ४, बागमती प्रदेशमा १ हजार ५ सय २८ र गण्डकी प्रदेशमा १८, प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ जना गरी देशभरी ६ हजार २ सय १० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
यस्तै, प्रदेश नम्बर १ मा मा ११ जना, प्रदेश नम्बर २ मा ४४ जना, बागमती प्रदेशमा ७१, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १८ जना आइसीयुमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर १ मा २ र बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
आजसम्म प्रदेश नम्बर १ मा १ हजार ४ सय ९१, प्रदेश नम्बर २ मा ४ हजार ४ सय ५८, बागमती प्रदेशमा ९ सय ४६, गण्डकी प्रदेशमा १ हजार ६ सय ७०, प्रदेश नम्बर ५ मा ४ हजार ७ सय २, कर्णाली प्रदेशमा २ हजार २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ७ सय ८१ संक्रमित निको भएर घर फर्किएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content